arrow

इराकमाथि गोलको वर्षा गरेको सेनेगल तेस्रो हुँदै विश्वकपको ‘नकआउट’ मा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
wcf-2026-senegal-32.jpg

काठमाडौँ । सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा इराकमाथि ५–० को फराकिलो जित हासिल गरेको सेनेगल लगभग बाहिरिएको अवस्थामा थियो । 

तर आजका अन्य समूहका खेलमा खराब नतिजाका कारण तेस्रो स्थानमा रहेको सेनेगल ३ अंकबाटै अन्तिम ३२ मा पुग्न सफल भएको फिफाले जनाएको हो । 

१२ समूहबाट ४८ टिमले सहभागिता जनाएकामा प्रत्येका समूहका समूह विजेता र उपविजेता तथा तेस्रो हुने १२ टिममध्ये उत्कृष्ट ८ ले अन्तिम ३२ मा स्थान पाउने भएसँगै सेनेगलले पनि सफलता हासिल गरेको हो । 

सेनेगलले खेलको चौथो मिनेटमै गोलको खाता खोल्यो । सेनेगललाई जिताउन पेपे युयेले दुई तथा अबिब डियारा, इस्माइला सार र इलिमान एनडियेले एक एक गोल गरे । 

इराकका रेबिन सुलाकाले खेलको १३ औँ मिनेटमै रातो कार्ड पाएका थिए । इराक अंकविहीन हुँदै बाहिरिएको छ । इराकले विश्वकपमा एक गोल गर्दा १२ गोल खाएको थियो । 

समूह आईबाट फ्रान्स समूह विजेता र नर्वे समूह उपविजेता बन्दै विश्वकपको अन्तिम ३२ मा पुगेका छन् । 
अन्तिम खेलमा फ्रान्सले नर्वेविरुद्ध शानदार प्रदर्शन गर्यो । फ्रान्सले आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ ले हरायो । 

खेलमा फ्रान्सलाई जिताउने क्रममा ओस्माने डेम्बेलेले ह्याट्रिक गरे । ओस्मानले खेलको सातौँ, बीसौँ र ३२ औँ मिनेटमा गोल गर्दै मध्यान्तरअघि नै ह्याट्रिक पूरा गरेका थिए । 

फ्रान्सलाई चौथो गोल इन्जुरी समयमा डिजायर डोएले गरे । नर्वेका लागि २१ औँ मिनेटमा थिओ आस्गार्डले सान्त्वना गोल गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ