बेल्जियम समूह विजेता बन्दै विश्वकपको ‘नकआउट’ मा, न्यूजिल्याण्ड निरीह
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
447
Shares
काठमाडौँ । बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह जीको अन्तिम खेलमा न्यूजिल्याण्डलाई ५–१ ले हराउँदै बेल्जियम समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको हो ।
मध्यान्तरसम्म १–० ले अगाडि रहेको बेल्जियमले मध्यान्तरपछि चार गोल गर्दा एक गोल खाएको थियो ।
बेल्जियमलाई जिताउन लियान्द्रो त्रोसार्दले २ तथा केभिन डे ब्रुने, रोमेलु लुकाकु र एलेक्सिस सेलमेकर्सले एक एक गोल गरे ।
न्यूजिल्याण्डका इलिजाह जस्टले सान्त्वना गोल फर्काए ।
यता इरानसँग १–१ गोलको बराबरी खेल्दै इजिप्ट समूहको उपविजेता हुँदै अन्तिम ३२ मा पुगेको छ ।
खेलमा इजिप्टका महमुद सबेरले पाँच मिनेटमै गोल गरे । एघारौँ मिनेटमा इरानका मेहदि तारेमीले प्रहार गरेको पेनाल्टी भने रोकिएको थियो । गोलकिपर मुस्तफा शेबेरले बल गोल हुनबाट जोगाएका थिए ।
१४ मिनेटमा भने इरानका रमिन रेजाइनले गोल गर्दै इरानलाई बराबरीमा ल्याए ।
यो नतिजासँगै ५ अंकसहित गोल अन्तरमा इजिप्ट भन्दा माथि रहँदै बेल्जियम तथा गोल अन्तरमा पछि पर्दै ५ अंकबाटै समूह उपविजेता हुँदै इजिप्ट अर्को चरणमा पुगेको हो ।
३ अंकको इरान बाहिरिएको छ । १ अंकबाट पुछारमा रहेको न्यूजिल्याण्ड पनि बाहिरिएको छ ।