काठमाडौँ । विश्वकप फुटबलको समूह एचको खेलमा अहिले विश्वकपमा पहिलो पटक खेलिरहेको केप भर्डे र साउदी अरेबिया भिडिरहेका छन् ।
खेल मध्यान्तरसम्म गोलरहित बराबरीमा सकिएको छ । यो खेल बराबरीमा सकिँदा र स्पेनले उरुग्वेलाई हराएका खण्डमा पहिलो सहभागितामै केप भर्डे नकआउट चरणमा प्रवेश गर्नेछ ।
खेल जित्दा पनि केप भर्डे अन्तिम ३२ मा प्रवेश गर्नेछ । खेलमा केप भर्डेले ५३ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको छ ।
यो समूहको अर्को खेलमा स्पेन र उरुग्वे भिडिरहेका छन् । मध्यान्तरसम्मको खेलमा स्पेन अगाडि रहेको छ । स्पेनले १–० ले अग्रता लिएको हो ।
स्पेनका लागि खेलको ४२ औँ मिनेटमा एलेक्स बाएनाले गोल गरे । उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका हुन् ।
उरुग्वे खेलमा निकै कमजोर देखिएको छ । उरुग्वेले मात्र २७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सकेको छ ।