arrow

विश्वकपमा स्पेन र उरुग्वे मैदानमा, मध्यान्तरसम्म स्पेन अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
wcf-2026-spain-alex-baena.jpg

काठमाडौँ । विश्वकप फुटबलको समूह एचको खेलमा अहिले स्पेन र उरुग्वे भिडिरहेका छन् । मध्यान्तरसम्मकोखेलमा स्पेन अगाडि रहेको छ । स्पेनले १–० ले अग्रता लिएको हो । 

स्पेनका लागि खेलको ४२ औँ मिनेटमा एलेक्स बाएनाले गोल गरे । उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका हुन् । 

उरुग्वे खेलमा निकै कमजोर देखिएको छ । उरुग्वेले मात्र २७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सकेको छ । 

यो समूहको अर्को खेलमा केप भर्डे र साउदी अरेबिया भिडिरहेका छन् । खेल मध्यान्तरसम्म गोलरहित बराबरीमा सकिएको छ । यो खेल बराबरीमा सकिँदा र स्पेनले उरुग्वेलाई हराएका खण्डमा पहिलो सहभागितामै केप भर्डे नकआउट चरणमा प्रवेश गर्नेछ । 

खेल जित्दा पनि केप भर्डे अन्तिम ३२ मा प्रवेश गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ