विश्वकपमा इजिप्ट र इरान मैदानमा, धेरै समय बराबरीमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
419
Shares
काठमाडौँ । विश्वकप फुटबलमा अहिले इजिप्ट र इरान भिडिरहेका छन् । मध्यान्तरपछि सम्मको खेलमा समेत दुवैतर्फ १–१ गोलको बराबरी भएको छ ।
खेलमा इजिप्टका महमुद सबेरले पाँच मिनेटमै गोल गरे । एघारौँ मिनेटमा इरानका मेहदि तारेमीले प्रहार गरेको पेनाल्टी भने रोकिएको थियो । गोलकिपर मुस्तफा शेबेरले बल गोल हुनबाट जोगाएका थिए ।
१४ मिनेटमा भने इरानका रमिन रेजाइनले गोल गर्दै इरानलाई बराबरीमा ल्याए ।
यो खेलमा बराबरी खेल्दा पनि इजिप्ट अर्को चरणमा प्रवेश गर्नेछ भने इरान बाहिरिनेछ ।
इरानले जित्दा इरान अर्को चरणमा पुग्नेछ । इजिप्ट हार्दासमेत पनि अर्को चरण पुग्ने सम्भावना कायमै रहन्छ ।
यता, यही समूहमा बेल्जियम र न्यूजिल्याण्ड मैदानमा छन् । बेल्जियम २–० ले अगाडि रहेको छ ।
यो खेलमा जित हासिल गर्दा बेल्जियम नकआउट चरणमा पुग्ने छ भने पराजित हुँदा बाहिरिने छ ।
त्यस्तै न्यूजिल्याण्ड जित हासिल गर्दा नकआउट सम्भावना रहने छ ।
किनकि अर्को खेलको परिणामले पनि यो समूहलाई फरक पार्छ । अर्को खेलमा इजिप्ट र इरानले मध्यान्तरसम्म १–१ को बराबरी खेलेका छन् ।
दुई चरणको खेलसम्म इजिप्टको ४ तथा बेल्जियम र इरानको समान २ अंक छ भने न्यूजिल्याण्डको १ अंक मात्रै छ ।