arrow

इजिप्ट विश्वकपको ‘नकआउट’ मा, बाहिरियो इरान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
wcf-2026-egypt-iran-final.jpg

काठमाडौँ । इजिप्ट विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह जीको अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दै इजिप्ट समूहको उपविजेता हुँदै अन्तिम ३२ मा पुगेको हो । 

खेलमा इजिप्टका महमुद सबेरले पाँच मिनेटमै गोल गरे । एघारौँ मिनेटमा इरानका मेहदि तारेमीले प्रहार गरेको पेनाल्टी भने रोकिएको थियो । गोलकिपर मुस्तफा शेबेरले बल गोल हुनबाट जोगाएका थिए । 

१४ मिनेटमा भने इरानका रमिन रेजाइनले गोल गर्दै इरानलाई बराबरीमा ल्याए । 

त्यसपछि कुनै गोल नहुँदा इजिप्ट ५ अंक बटुल्दै समूह उपविजेता हुँदै अर्को चरणमा पुगेको हो । 

३ अंकको इरान बाहिरिएको छ । यो समूहबाट ५ अंकबाटै समूह विजेता हुँदै बेल्जियम अन्तिम ३२ मा पुगेको छ । 

समूह चरणको अन्तिम खेलमा बेल्जियमले न्यूजिल्याण्डलाई ५–१ ले हरायो । मध्यान्तरसम्म १–० ले अगाडि रहेको बेल्जियमले चार गोल गर्दा एक गोल खाएको थियो ।

बेल्जियम गोल अन्तरका आधारमा इजिप्टलाई पछि पार्दैै समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । 

हारले न्यूजिल्याण्ड भने १ अंकसहित बाहिरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ