arrow

विश्वकपको लिग चरण

नर्वेविरुद्ध फ्रान्सको शानदार जित, डेम्बेलेको ह्याट्रिक

फ्रान्स समूह विजेता र नर्वे उपविजेता बन्दै नकआउट चरणमा, बाहिरिए सेनेगल र इराक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
wcf-2026-fra-nor-32.jpg

काठमाडौँ । विश्वकप फुटबलमा फ्रान्सले नर्वेविरुद्ध शानदार प्रदर्शन गरेको छ । फ्रान्सले आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ ले हरायो । 

खेलमा फ्रान्सलाई जिताउने क्रममा ओस्माने डेम्बेलेले ह्याट्रिक गरे । ओस्मानले खेलको सातौँ, बीसौँ र ३२ औँ मिनेटमा गोल गर्दै मध्यान्तरअघि नै ह्याट्रिक पूरा गरेका थिए । 

फ्रान्सलाई चौथो गोल इन्जुरी समयमा डिजायर डोएले गरे । नर्वेका लागि २१ औँ मिनेटमा थिओ आस्गार्डले सान्त्वना गोल गरेका थिए । 

यो जितसँगै फ्रान्सले शतप्रतिशत नतिजासहित समूह आईको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने नर्वे ६ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको छ । 

अंकविहीन इराक र ३ अंकको सेनेगल बाहिरिएका छन् । अन्तिम खेलमा सेनेगलले इराकलाई ५–० ले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ