गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य छैनः हर्कराज राई [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
365
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुमवासी बस्ती हटाउने सरकारको कदमको विरोध गरेका छन्।
सोमबार काठमाडौँको थापाथलीस्थित हटाइएको सुकुमवासी बस्तीमा पुगेर अध्यक्ष राईले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने नीति स्वीकार्य नहुने बताए।
उनले सुकुम्बासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गास, वास र कपासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। “सुकुमवासीलाई विस्थापित गर्नु हुँदैन, उहाँहरू पनि नेपाली नागरिक हुन्। यो देश गरिबको पनि हो,” उनले भने।
अध्यक्ष राईले गरिब नागरिकलाई सडकमा बस्न बाध्य पार्नु राज्यको दायित्व विपरीत हुने उल्लेख गर्दै उनीहरूको लागि उचित आवास व्यवस्थापन गर्नुपर्ने माग गरे।
राज्यले सबै वर्ग र तहका नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सुकुमवासी समस्याको दीर्घकालीन र मानवोचित समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।