arrow

अध्यादेशबाट शासन चलाउन खोजे गम्भीर परिणाम भोग्नुपर्ने शाहीको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
gyan-bahadur-shahi-13-01.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिए।

संसद जनताको आवाज बोल्ने थलो र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै उनले सरकार बलियो हुँदा संसदको आवश्यकता झन बढ्ने बताए।

शाहीले सुकुमवासी समस्या, भूमिसुधार ऐन र भूमि व्यवस्थापनजस्ता विषय संसदबाटै कानून बनाएर समाधान गर्नुपर्ने धारणा राखे।

संघ-प्रदेश-स्थानीय तहबीच समन्वय अभावका कारण संघीय निर्णय कार्यान्वयनमा समस्या आएको भन्दै उनले सरकार गम्भीर हुनुपर्ने बताए।

उनले दुई दिन बिदा जस्ता नीतिमा समेत स्थानीय तह असहमत भएको उदाहरण दिँदै कानूनी आधार बिना शासन चल्न नसक्ने बताए। “संसद हुँदाहुँदै अध्यादेशमा जानु उचित होइन,” उनले भने।

शाहीले संघीयताले अतिरिक्त आर्थिक भार बढाएको टिप्पणी गर्दै आवश्यक परे प्रदेश संरचना खारेज गर्न पनि आफ्नो दल तयार रहेको संकेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ