काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार पोखरा पुगेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिँदा उनलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विमानस्थल बाहिर जम्मा भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जयजयकार गरे । स्थानीयले उनलाई पञ्चेबाजा र पुष्पगुच्छाले भव्य स्वागत गरेका छन् ।
भ्रमणका क्रममा पूर्वराजा शाहले पोखराका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।
यो भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि पोखराको वर्तमान राजनीतिक र सामाजिक वातावरणका बिच उनको आगमनलाई स्थानीय स्तरमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
केही दिन पोखरामा रहने उनले यहाँको पर्यटकीय गतिविधिबारे पनि चासो लिन सक्ने बताइएको छ।