arrow

पूर्वराजाको दशैँ सन्देश – यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
xking-gyanendra-shah-.jpg
फाइल तस्बिर

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको दर्पणमा आफ्नो अनुहार हेर्न सबैलाई आग्रह गरेका छन् । उनले बिगार्ने, भत्काउने, जलाउनेतिर नै राजकाज धेरै खटिएको भन्दै अब बिगार्न होइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

बडादशैँको शुभकामना दिने क्रममा निर्मल निवासले नेपालीका नाममा गरेको सम्बोधनका क्रममा उक्त कुरा व्यक्त गरिएको हो । 

उनले हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै भएको जनाएका छन् । 

पूर्वराजा शाहले यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन बाध्य भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ