काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले 'तमासा' देखाएको टिप्पणी गरेका छन्। राजतन्त्र फर्काउने भनेर अनावश्यक कुरा गर्दै हिँडिरहनु उचित नहुने उनको भनाइ छ। उनले ज्योतिषीहरू पात्रो पल्टाएर 'हजुरबाउ नभए नाती त पक्कै राजा हुन्छ' भन्दै हिँड्ने गरेको बताए। प्रधानमन्त्रीले राजतन्त्र समर्थकहरू राजा ल्याउने भन्दै सडकमा आएर 'तमासा' देखाइरहेको पनि उल्लेख गरे।
ओलीले भने, "अर्कोथरी फेरि चाहिने नचाहिने कुरा गरेर अब कोही ज्योतिषी अब यसो पल्टाएर हुन्छ, हुन्छ भन्यो। अर्को निस्किन्छ, अर्को पात्रो पल्टाउँछ, हजुरबाउ भएन भने नाती त पक्कै भन्छ फेरि। त्यसो भए हिँड भाई हो सडकमा भन्छ अर्काले। यो खालको तमासा पनि त्यसै दिन आइहाल्यो।"
जेठ १५ गते राजावादीहरूले राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्दैछन्। यसैलाई लिएर प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।