-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मोत्सवमा शुभकामना दिन आउन निम्तो गरेका छन् ।
आगामी असार २३ गते पर्ने उनको ७९ औँ जन्मोत्सवमा शुभकामना दिन आउनेलाई समय तोेकेर उनको सचिवालयले विज्ञप्ति सार्वजनिक गरेको हो ।
विज्ञप्तिअनुसार निर्मल निवासमा आयोजना हुने उक्त कार्यक्रममा पूर्वराजाले तीन घण्टा शुभकामना तथा अभिवादन ग्रहण गर्नेछन् ।
शुभेच्छुक जनसमुदाय, संघसंस्था तथा आम नागरिकहरुका निम्ति उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहने पनि जनाइएको छ ।
राजावादीहरुको आन्दोलन मनसुनका कारण मत्थर भए पनि पूर्वराजाले शुभकामना दिनका लागि निर्मल निवासमै निम्तो गरेपछि भने राजावादीहरु फेरि जागेको पाइएको छ ।
पूर्वराजाको यो कदमले राजावादीको सेलाएको आन्दोलनलाई तताउने अपेक्षा गरिएको छ ।