स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पेश गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
807
Shares
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात ओटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले देशभरका सात ओटै प्रदेश सरकारलाई आफ्ना मातहतका सबै निकायहरूको स्वीकृत दरबन्दी (स्टाफ संरचना) को एकीकृत विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
मन्त्रालयले सबै प्रदेशअन्तर्गतका कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ।