दुर्गमका कर्मचारीलाई सुगममा ल्याइने, जान नमान्नेलाई कारबाही गरिने: मन्त्री न्यौपाने
दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौं
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
768
Shares
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीहरूलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन्। मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएकी हुन्।
मन्त्री न्यौपानेले लामो समयदेखि सुगममा बसिरहने तर दुर्गममा जान नमान्ने कर्मचारीहरूको नाम संकलन भइरहेको र उनीहरूको नाम सार्वजनिक गर्ने चेतावनी दिइन्। साथै, दुर्गममा जान नमान्ने कर्मचारीहरूको आर्थिक अधिकार कटौती गरेर पनि मन्त्रालयले कारबाही गरिरहेको उनले बताइन्।
उनले धेरै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको काम निमित्तले चलाइरहेको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन्। मन्त्री न्यौपानेले कुनै काम नै नगरी तलब लिने स्थिति बन्न नदिन कर्मचारीलाई सेवामा समर्पित हुन पनि निर्देशन दिइन्।