arrow

स्थानीय सरकारलाई शक्तिशाली बनाउनुपर्छ : मन्त्री न्यौपाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
bhagawati-neu.jpg

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताएकी छन्। शुक्रबार आयोजित 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।

मन्त्री न्यौपानेले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। उनले संघीयताको पूर्ण कार्यान्वयनका लागि अझै केही समय लाग्ने स्पष्ट पारिन्।

उनले संविधान जारी भएयता भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरिन्। जनतालाई सेवा प्रवाह गर्ने सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले त्यसलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको उनको भनाइ छ।

मन्त्री न्यौपानेले सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्यको पालना गरेमात्र संविधानको सफल कार्यान्वयन हुने बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ