प्रधानमन्त्री र मन्त्रीहरूको दैनिक मापसे-लापसे जाँच गरिनुपर्छ : हर्कराज राई
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
1k
Shares
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको स्वास्थ्य र नैतिकतामाथि प्रश्न उठाउँदै नयाँ प्रस्ताव अघि सारेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूसम्मको दैनिक मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) जाँच गरिनुपर्ने माग गरेका हुन्।
साम्पाङले देशको समग्र स्वास्थ्य र सुशासनका लागि यो प्रक्रिया अनिवार्य रहेको तर्क गरेका छन्। उनले लेखेका छन्, "प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे र लापसे चेकजाँच दैनिक गरिनुपर्दछ, सांसदहरूको पनि गर्नुपर्छ, देशको स्वास्थ्यको लागि यो अनिवार्य छ।"