arrow

संसदबाट बालेनको हुर्मत लिँदै श्रम संस्कृति [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
shram-sanskriti-party-83-3-4a (1).jpg

काठमाडौँ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्ष दल श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र साह बालेन र  बालेन सरकारको विरोधमा संसद्‌भित्रै पर्चा प्रदर्शन गरेको छ। बैठकको कारबाही शुरू भएलगत्तै सो पार्टीका सांसदहरू वेलमा पुगेर सभामुख डोलप्रसाद अर्यालतर्फ फर्किएर पर्चा देखाउँदै विरोधमा उत्रिएका थिए ।

विपक्षी दलले "प्रधानमन्त्री संसद्‌प्रति जवाफदेही बन्नैपर्छ", "प्रश्नदेखि भाग्न पाइँदैन", र "जनमतलाई सम्मान गर" जस्ता नाराहरू लेखिएका पर्चा देखाएर सरकरको विरोध गर्दै केही बेर उठेर मौन प्रदर्शन गरे । 

सांसदहरूले वेल घेराउ गर्दै सभामुखकै अगाडि पर्चा प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे।

अर्यालले संसद्‌भित्र मर्यादित भएर आफ्ना गतिविधि सञ्चालन गर्न सांसदहरूलाई  निर्देशनसमेत दिए ।  सोमबार बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड र पर्चासहित सरकारको विरोध गर्दै केहीबेर उठेर मौन प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिएका हुन्।

संसद्‌मा प्लेकार्ड र ब्यानर प्रदर्शन गर्ने कार्य संसदीय मर्यादाविपरीत रहेको उल्लेख गर्दै उनले भविष्यमा यस्ता गतिविधि नगर्न सांसदहरूलाई सचेत गराए। बैठकमा बोल्दै सभामुख अर्यालले भने, “संसद् कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा रहेर विरोध गर्न म यहाँहरूलाई यो आदेशकै रूपमा लिइदिन जानकारी गराउँदछु।”

सभामुखको निर्देशन र सचेत गराएपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्नो घाँटीमा सरकारको विरोधमा लेखिएका पर्चाहरू झुन्ड्याएरै बैठकमा सहभागिता जनाए । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको बैठकमा सांसदहरूको यो शैलीले केहीबेर संसद्को वातावरण तताएको थियो।

श्रम संस्कृतिका अध्यक्ष एवं पार्टी संसदीय दलका नेता हर्कराज राई शुरूआती दिनदेखि नै खरो रूपमा उत्रिएका छन् । उनको यो जुझारू प्रतिपक्षको भूमिकाले दुई तिहाई नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई टाउको दुःखाइ बनेको छ । 

रास्वपाले पुराना दल भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई हेपिरहे पनि श्रम संस्कृति भने रास्वपाभन्दा निकै नै नयाँ पार्टी हो । रास्वपा ०७९ सालको असारमा गठन भएको पार्टी हो भने श्रम संस्कृति त गत कार्तिकमा गठन भएर त्यसको चार महिनामै प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मत ल्याएर राष्ट्रिय दल बन्न सफल भएको हो । 

प्रधानमन्त्री बालेनलाई ठेगानमा ल्याउन उनलेमात्र सक्ने आँकलन अन्य दलका सांसदहरूको पनि छ । 

गत चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका बालेनले अहिलेसम्म संसदमा कुनै जवाफ दिएका छैनन् । संसदमा संवोधनसमेत गरेका छैनन् । यसले उनको कार्यक्षमतामाथि प्रश्नसमेत खडा भएको छ । 

श्रम संस्कृतिले प्रधानमन्त्रीलाई प्रश्नदेखि भागेको आरोप लगाउँदै आएको छ । यसअघिको बैठकमा त अध्यक्ष राईले प्रधानमन्त्री बिनाको सरकार भन्न आग्रहसमेत गरेका थिए । उनले बालेनले राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् । 

आफैँले तयार गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदासमेत बालेन असभ्य पारामा बीचैमा संसद भवन छाडेर बाहिरिएका थिए । 

shram-sanskriti-party-83-3-4a (1).jpg
shram-sanskriti-party-83-3-4a (2).JPG
shram-sanskriti-party-83-3-4a (3).jpg
shram-sanskriti-party-83-3-4a (4).JPG
shram-sanskriti-party-83-3-4a (5).JPG
shram-sanskriti-party-83-3-4a (6).jpg
shram-sanskriti-party-83-3-4a (7).jpg
shram-sanskriti-party-83-3-4a (8).JPG
shram-sanskriti-party-83-3-4a (9).jpg
shram-sanskriti-party-83-3-4a (10).jpg
shram-sanskriti-party-83-3-4a (11).jpg
shram-sanskriti-party-83-3-4a (12).jpg
shram-sanskriti-party-83-3-4a (13).JPG
shram-sanskriti-party-83-3-4a (14).jpg
shram-sanskriti-party-83-3-4a (15).JPG
shram-sanskriti-party-83-3-4a (16).jpg
shram-sanskriti-party-83-3-4a (17).JPG
shram-sanskriti-party-83-3-4a (18).JPG
shram-sanskriti-party-83-3-4a (19).jpg
shram-sanskriti-party-83-3-4a (20).jpg
shram-sanskriti-party-83-3-4a (21).JPG
shram-sanskriti-party-83-3-4a (22).JPG
shram-sanskriti-party-83-3-4a (23).jpg
shram-sanskriti-party-83-3-4a (24).jpg
shram-sanskriti-party-83-3-4a (25).jpg
shram-sanskriti-party-83-3-4a (26).JPG
shram-sanskriti-party-83-3-4a (27).JPG
shram-sanskriti-party-83-3-4a (28).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ