arrow

संसद्‌मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ:  हर्कराज राई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
harkaraj-sampang-rai.jpg
तस्बिर फाइल

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारेका छन्। 

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहमा सहभागी भएपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका कामको गुण र दोषका आधारमा 'आलोचनात्मक समर्थन' गर्ने बताए।

सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित सांसद राईले प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन निरन्तर प्रश्न गरिरहने तर राष्ट्रहितका काममा भने पूर्ण सहयोग गर्ने उल्लेख गरे। "सरकारले गर्नुपर्ने सकारात्मक काममा हाम्रो रचनात्मक सहयोग रहनेछ," उनले भने, "हामी सदैव देश र जनतालाई सघाउने पक्षमा सकारात्मक भूमिका निर्वाह गर्नेछौँ।"

आफ्नो संसदीय कार्यकालमा देशभरका नागरिकका लागि स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गराउन विशेष पहल गर्ने उनले बताए। धरानको खानेपानी समस्या समाधानका लागि श्रम संस्कृतिको नयाँ मोडेल प्रस्तुत गरेका राईले अब सोही अनुभवलाई राष्ट्रिय स्तरको नीति निर्माणमा प्रयोग गर्ने सङ्केत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ