arrow

युवा पुस्ताको आवाज सुन्न कांग्रेस तम्तयार

मैले सबै काम गर्न सकिन होला तर केही बिगारेको छैन : प्रदीप पौडेल

भदौको आन्दोलनलाई कांग्रेसले आत्मसात् गरेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
pradip-poudel-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई सबैभन्दा बढी आफ्नो पार्टीले आत्मसात् गरेको दाबी गरेका छन्। शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले गत भदौ २३ र २४ गते भएको 'जेन–जी' आन्दोलनका मुद्दाहरूलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताए। 

उक्त आन्दोलनमा अराजकता मात्रै थियो वा राजनीतिक विषय थिएन भनेर आफूहरूले टिप्पणी नगरेको उल्लेख गर्दै पौडेलले त्यो आन्दोलनले सुशासन र अति राजनीतिकरणको अन्त्य जस्ता सम्पूर्ण नेपालीका साझा विषय उठाएको जिकिर गरे। उनले नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुन नहुनेमा जोड दिँदै युवा पुस्ताको खबरदारीले गर्दा कांग्रेसले आफूलाई परिमार्जन गर्दै अघि बढाइरहेको बताए।

आफ्नो कार्यकालको समीक्षा गर्दै महामन्त्री पौडेलले गत निर्वाचनमा बोलेका सबै काम पूरा गर्न नसके पनि आफूले कुनै नराम्रो वा गलत काम नगरेको स्पष्ट पारे। सरकार र राज्य प्रणालीमा रहेर काम गर्दा धेरै अनुभव प्राप्त गरेको र अहिले समस्या एवं समाधानका उपायहरूबारे आफू पहिलेभन्दा बढी प्रष्ट भएको उनले बताए। 

उनले राज्य प्रणालीलाई शतप्रतिशत बुझेको दाबी नगरे पनि सुधार कहाँ र कसरी गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गरे। कतिपय कुराहरू सोचेजस्तो प्रभावकारी बनाउन नसकिएको अनुभव सुनाउँदै उनले आगामी दिनमा अझ परिपक्वताका साथ काम गर्ने प्रतिबद्धता जनाए।

महामन्त्री पौडेलले मतदाताहरूसँग आफूप्रतिको विश्वासलाई आगामी निर्वाचनमा पनि कायम राखिदिन आग्रह गरे। उनले अघिल्लो पटक जिताउँदा आफू जस्तो सफा र निष्कलङ्क छविमा थिए, अहिले पनि त्यस्तै रहेको दाबी गरे। 

समाजले नयाँपन खोजिरहेको अवस्थामा केवल अनुहार फेरिने मात्र नभई सकारात्मक परिणाम आउने नेतृत्वको आवश्यकता पर्ने भन्दै उनले आफू परिणाममुखी काम गर्न तयार रहेको बताए। युवाहरूको ऊर्जा र अनुभवलाई जोडेर कांग्रेसले नयाँ बाटो तय गरिरहेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ