arrow

कार्यकर्ता र शुभेच्छुकसँग प्रदीपले मागे नीतिगत र संरचनागत सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
pradip-poudel-82-11-17.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम निर्वाचन २०८२ को परिणामपछि पार्टीमा व्यापक सुधारको खाँचो औंल्याउँदै कार्यकर्ता तथा शुभेच्छुकहरूसँग सार्वजनिक रूपमा सुझाव मागेका छन्।

सामाजिक सञ्जालमार्फत एक आह्वान जारी गर्दै उनले पार्टीको नीतिगत, संरचनागत र व्यावहारिक पक्षमा गर्नुपर्ने परिवर्तनका बारेमा खुला मनले राय दिन सबैमा आग्रह गरेको बताए। भर्खरै सम्पन्न निर्वाचनको नतिजा आइसकेको र पुसमा सम्पन्न विशेष महाधिवेशनले तय गरेका कार्यदिशालाई कार्यान्वयन गर्दै छिट्टै नियमित महाधिवेशनतर्फ जानुपर्ने बाध्यता रहेको सन्दर्भमा उनले यो पहल थालेको बताए।

आगामी दिनमा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको पृष्ठभूमिमा महामन्त्री पौडेलले यस्तो सुझाव आह्वान गरेका हुन्।

उनले पार्टीका समर्थक र शुभेच्छुकहरूलाई सम्बोधन गर्दै नेपाली कांग्रेसमा अबका दिनमा कस्ता सुधारहरू आवश्यक छन् भन्ने विषयमा आफ्ना विचारहरू उपलब्ध गराई सहयोग गर्न विनम्र अनुरोध गरेको बताए। प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई पार्टीले आत्मसात गर्ने र ती रायकै आधारमा भावी रणनीति तय गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरेको बताए।

आम निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक बाटो तय गर्न लागेको कांग्रेसका लागि महामन्त्री पौडेलको यो कदमलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी निर्वाचनमा देखिएका कमजोरीहरूलाई सुधार्दै पार्टीलाई जनमुखी र गतिशील बनाउनका लागि आम मानिसको प्रतिक्रिया बुझ्ने प्रयास स्वरूप यो सार्वजनिक आह्वान गरिएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ