arrow

विधानअनुसार चल्दा कांग्रेस फुट्दैन, ढुक्क हुनुहोस् - विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
bishwaprakash-09-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार अघि बढ्दा विभाजित नहुने भन्दै कार्यकर्ताहरूलाई कुनै पनि आशंका नगर्न आग्रह गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको र कांग्रेस थप मजबुत भएर अघि बढ्ने जिकिर गरे। 

वर्तमान राष्ट्रिय परिस्थितिमा पार्टीले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण स्पष्ट पारेर जानुपर्ने आवश्यकता बोध गर्दै महाधिवेशनको मिति तय गरिए पनि प्राविधिक कारणले उक्त मितिमा काम सम्पन्न हुन नसकेको उनले स्वीकार गरे।

महामन्त्री शर्माले अबको निकासका लागि आगामी निर्वाचनअघि एउटा राष्ट्रिय संकल्प गर्नुपर्ने वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको बाटो रोज्नुपर्ने विकल्प अघि सारेका छन्। 

यी विकल्पहरूबारे पार्टीको कार्यसम्पादन समितिको आगामी बैठकमा विस्तृत छलफल हुने उनले जानकारी दिए। विधानले दिएको बाटो अपनाउँदा कसैले पनि पार्टी फुट्छ कि भनेर डराउनु नपर्ने भन्दै उनले धेरै साथीहरूमा रहेको यस्तो चिन्ता हटाउन आफू प्रतिबद्ध रहेको बताए।

कांग्रेसमा नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि दुई महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीलाई गतिहीनताबाट बचाउन विशेष महाधिवेशनको प्रक्रियालाई संयुक्त रूपमा अगाडि बढाएका छन्। नेतृत्व चयन र नीतिगत स्पष्टताका लागि यो कदम अनिवार्य भएको उनीहरूको ठहर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ