arrow

सर्‍यो केन्द्रीय कार्यसमितिको बैठक

आन्तरिक रस्साकस्सीबीच कांग्रेस बैठक दुई घण्टा पछाडि: सानेपामा जुट्दै शीर्ष नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
congress------------.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि तय गरिएको बैठकको समय परिवर्तन गरिएको छ। सुरुमा बिहान ११ बजे बस्ने भनिएको उक्त महत्त्वपूर्ण बैठकको समय दुई घण्टा पछाडि सारेर दिउँसो १ बजेका लागि नयाँ समय निर्धारण गरिएको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिँदै अबको बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बताएका छन्।

पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद र वार्ताहरू जारी रहेको समयमा बस्न लागेको यस बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ।

बैठकको समय परिवर्तन हुनुलाई नेताहरूबीचको अनौपचारिक छलफल र सहमतिको प्रयाससँग जोडेर समेत हेरिएको छ। सानेपामा बस्ने यो बैठकले पार्टीको आगामी रणनीति र विशेष महाधिवेशनलाई लिएर देखिएको अन्योल चिर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ