arrow

बालेन–रवि सम्झौतामा हर्कको कडा टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
harka-sampangs.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँका मेयर बालेन शाहबीच भएको सात बुँदे सहमतिप्रति धरानका मेयर हर्क साम्पाङले कडा आपत्ति जनाएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले यस एकतालाई सत्ताका लागि गरिएको 'अपवित्र गठबन्धन' को संज्ञा दिएका हुन्।

मेयर साम्पाङले बालेन शाहलाई लक्षित गर्दै सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिहरूसँग मिलेर देशलाई लिलाम गर्न लागेको आरोप लगाएका छन्। "सहकारी केसमा तानिएका मान्छेहरूसँग मिलेर सत्ताका लागि चुनावमा आउन खोज्नेलाई प्रत्येक नेपालीले प्रश्न गर्नुपर्छ," उनले भनेका छन्। उनले बालेनलाई 'भित्र लुकेर विदेशी शक्तिको सेटिङमा खेल खेल्ने' व्यक्तिको रूपमा चित्रण गरेका छन्।

विशेष गरी 'जेनजी' आन्दोलनका क्रममा बालेनको भूमिकामाथि साम्पाङले गम्भीर प्रश्न उठाएका छन्। आन्दोलनका क्रममा ७०–८० जनाको मृत्यु हुँदा र देश खरानी हुँदा टुलुटुलु हेरेर बस्ने व्यक्ति अहिले चुनावी स्वार्थका लागि बाहिर आएको उनको तर्क छ। युवाहरूलाई उचालेर आन्दोलनमा पठाउने तर संकटका बेला साथ नदिने 'विदेशी दलाल' हरूले अहिले आफ्नै मातहतको सरकार बनाउने सपना देखेको भन्दै उनले एमसीसी र सहकारी प्रकरण जोडेर रवि लामिछाने र बालेन दुवैको चर्को आलोचना गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ