arrow

ई–रिक्सा सञ्चालनमा कडाई

दर्ता नभएकालाई प्रवेश निषेध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
e-rickswa.jpg

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र ई–रिक्सा सञ्चालनमा कडाई गरेको छ। उपमहानगरपालिकाले आइतबारदेखि आफ्नो क्षेत्रमा दर्ता भएका ई–रिक्सा बाहेक अन्यलाई नगरभित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको हो।

उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरीसहित अन्य ठाउँमा दर्ता भएका ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले दिएको जानकारीअनुसार, नगरको सडकमा अत्यधिक ई–रिक्साको सङ्ख्या बढ्दा पैदलयात्रुसहित अन्य सवारी साधनहरूलाई समस्या परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको हो।

मेयर साहले आइतबारदेखि चोकहरूमा माइकिङ्ग गरेर दर्ता नभएका टेम्पु र ई–रिक्सालाई परिक्रमा सडक तथा सडकभित्र प्रवेश निषेध गरिएको बारे जानकारी गराउन सुरु गरिएको बताएका छन्। उनका अनुसार उपमहानगरको निर्देशनविपरीत कुनै ई–रिक्साले नगरभित्र प्रवेश गरेमा २ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ