arrow

मिथिलाको ऐतिहासिक विवाहपञ्चमी

विवाहपञ्चमीको पाँचौँ दिन आज मटकोर

तिलकोत्सव सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
mutkor.jpg

जनकपुर। सप्ताहव्यापी रूपमा मनाइने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाँचौँ दिन माता सीताको मटकोर विधि सम्पन्न हुँदै छ।

आइतबार (हिजो) महोत्सवको चौथो दिन तिलकोत्सव विधि जनकपुरधामको राममन्दिर प्राङ्गणमा सम्पन्न भएको थियो। यस क्रममा जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गिरीले समधी मिलन गरे। तिलकोत्सवका लागि जानकी मन्दिरबाट 'भार' (फलफूल, मिष्ठान्न परिकार) लिएर महन्थ रामरोशन दास वैष्णवसहित सयौँ पाहुना र श्रद्धालुहरूको टोली राम मन्दिरको परिसरमा आएर कार्यक्रममा सहभागी भएका थिए। तिलकोत्सवको अवसरमा दुवै पक्षबीच साङ्गीतिक रूपमा मैथिली परम्पराअनुसार एक अर्कालाई गाली गरेर जिस्काएका थिए।

महोत्सवको तालिकाअनुसार मङ्गलबार स्वयम्बर र विवाह महोत्सव हुनेछ भने बुधबार अन्तिम दिन रामकलेवा गरेर अयोध्याबाट आएका जन्तीहरूलाई विदा गरी महोत्सव सम्पन्न हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ