-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जनकपुर । कुनै समय नेपालको औद्योगिक शान मानिने जनकपुर चुरोट कारखाना अहिले बन्द छ ।
रूसी प्रविधिबाट बनेका यी मेशिनहरू वर्षौँदेखि थन्किए पनि अझै दुरुस्त देखिन्छन् ।
तत्कालीन समयमा चालु अवस्थामै बन्द गरिएको यस कारखानाभित्रका मेशिनहरूमा अझै खिया लागेको छैन ।
यदि सरकारले इच्छाशक्ति देखाएर यसलाई पुनः सञ्चालन गर्ने हो भने ७०० भन्दा बढीले तत्काल रोजगारी पाउन सक्ने अवस्था रहेका यहाँका कर्मचारीहरु बताउँछन् ।