arrow

प्राथमिकतामा उद्यमशीलताको विकास र रोजगारी सिर्जना

पूँजी बजारका सरोकारवालालाई उच्च मनोबलले काम गर्न प्रधानमन्त्रीको आग्रह [फोटोफिचर]

व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने दृढता व्यक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
economists-83-4-4meets.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारले अति महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका प्रतिनिधिहरूसँग सोमबार भएको छलफलमा उनले पूँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट पारेका हुन्।

व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै प्रधानमन्त्री साहले राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने दृढता व्यक्त गरे। 

सो छलफलमा सहभागी सरोकारवाला संस्थाका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता औँल्याएका थिए।

छलफलका क्रममा सरोकारवालाहरूले प्रारम्भिक सेयर निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्ति सन्तुलन कायम गर्न तथा दैनिक कारोबार रकम ३० अर्ब पुर्‍याउने वातावरण बनाउन आग्रह गरेका छन् । 

यसैगरी बैंक तथा वित्तीय संस्थामार्फत ‘मार्जिन’ कारोबारसम्बन्धी ‘ब्रकर’ कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले कदम चाल्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्नुपर्ने र सेयर धितो कर्जा सीमालाई प्राथमिक पूँजीसँग आबद्ध गर्नुको सट्टा कूल कर्जाको ५ प्रतिशत कायम गर्नुपर्ने माग उनीहरूले राखेका छन्।

साथै अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थाहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुका साथै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनःसंरचना गर्न र गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गर्न पनि उनीहरूले अनुरोध गरेका छन्। उक्त छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पूँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो।

नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाका सुझावलाई आत्मसात् गर्दै बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र २०८३ लागू गरिसकेको जानकारी दिएका छन् । 

त्यस्तै नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको र नेप्सेको पुनःसंरचनाका लागि उपयुक्त ढाँचा तयार गरी कारोबारलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

economists-83-4-4 (2).jpg
economists-83-4-4 (3).JPG
economists-83-4-4 (4).JPG
economists-83-4-4 (5).JPG
economists-83-4-4 (6).JPG
economists-83-4-4 (7).jpg
economists-83-4-4 (8).jpg
economists-83-4-4 (9).JPG
economists-83-4-4 (10).JPG
economists-83-4-4 (11).jpg
economists-83-4-4 (12).jpg
economists-83-4-4 (13).jpg
economists-83-4-4 (14).JPG
economists-83-4-4 (15).JPG
economists-83-4-4 (1).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ