arrow

साधु सन्त उत्रे हिन्दू युवा दिपुचन्द्रको हत्याको विरोधमा, जनकपुरधाममा विरोध र्‍याली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
roshan-das-janakpur.jpg

जनकपुर । बांगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपुचन्द्र दासको निर्मम हत्याको विरोधमा बिहीबार जनकपुरधाममा भव्य विरोध र्‍याली निकालिने भएको छ।

जनकपुरधाममा बुधबार साधु सन्तहरूको संस्था वैष्णव समाजले पत्रकार सम्मेलन गर्दै बिहीबार बिरोध र्‍याली निकाल्ने जानकारी दिएको छ ।

समाजका अध्यक्ष एवं जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बिहीबार ३ बजे जनकपुरधामसहित सम्पूर्ण राष्ट्रभरका हिन्दूहरूलाई जानकी मन्दिरमा एकत्रित हुन आग्रह गरे।

उनले बंगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।

उनले दिपु दासको हत्यामा संलग्न सबैजनालाई दिपु दासको हत्या गरे जस्तै बीच चौराहामा लगेर फाँसी लगाई जलाउनु पर्ने माग राखेका छन् ।

उनले दोषीलाई कारबाही गर्न नेपालबाट कुटनीतिक दबाब सृजना गर्न भोली विरोध र्याली गर्न लागेको जानकारी दिए ।

अध्यक्ष दासले दिपु दासको आत्माको चिर शान्तिका लागि बिहीबार जानकी मन्दिरको प्राङ्गणमा श्रद्धाञ्जली अर्पण पनि गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ