arrow

कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा शिवाकोटीसहित पाँच जना मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
congress-party-office-final.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरु मनोनयन गरिएको छ । 

पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा पार्टी सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरेका छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद हुमागाईँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ