arrow

कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई सदस्य मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
congress-meeting-82-7-27ee.jpg
तस्बिर फाइल

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा राजेश्वर अधिकारी (लमजुङ) र राजु कटुवाल (सुनसरी) लाई मनोनित गरेको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता कटुवाललाई मनोनित गरेका हुन् ।

कांग्रेसको मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा अधिकारी र कटुवाललाई मनोनित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ