arrow

विपद् पूर्व सतर्कता प्रणाली

बाढी पहिरोदेखि आँधी हुरीसम्मका पूर्व चेतावनी अब एउटै प्लेटफर्मबाट [भिडियो]

विपद् पूर्वशतर्कता प्रणालीलाई प्रभावकारी बनाउन नेपालमा ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनमा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
jalbayeu-bigya.jpg

काठमाडौँ। नेपालमा विपद् पूर्वशतर्कता प्रणालीलाई प्रभावकारी बनाउन र सूचनामा एकरूपता कायम गर्नका लागि ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनमा आउने भएको छ।

विश्व मौसम संगठनको सहयोगमा जल तथा मौसम विज्ञान विभागले यो प्रणाली कार्यान्वयनको तयारी शुरु गरेको छ। यसअघि वेबसाइट, सामाजिक सञ्जाल, एसएमएस र टोल फ्री सेवाजस्ता विभिन्न माध्यमबाट छुट्टाछुट्टै रूपमा विपद्का सूचनाहरू प्रवाह हुँदा एकरूपता कायम गर्न कठिनाइ भएको थियो।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ विनोद पराजुलीका अनुसार, देशभर फैलिएका सूचना–प्रवाहका माध्यमहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकतालाई मनन गर्दै विभागले क्याप लागू गर्न लागेको हो। क्याप ले सबै पूर्वचेतावनीहरूलाई एउटै प्लेटफर्मबाट प्रवाह गर्नेछ। यसले गर्दा चाहे त्यो एसएमएस पठाउने कुरा होस् वा भ्वाइस कल (IVR), सबै सञ्चारका माध्यमहरूबाट एउटै ढाँचामा सूचना प्रसारण हुनेछ। विभागले टोल फ्री सेवाका अतिरिक्त भविष्यमा सेल बोर्डकास्ट , फ्ल्यास एसएमएस, वा भ्वाइस कल जस्ता प्रविधिहरू प्रयोग गर्ने तयारी गरिरहेको छ।

जलवायु तथा विपद् विज्ञ धर्मराज उप्रेतीले नेपालमा जलवायुजन्य जोखिम (बाढी, पहिरो, आँधी–हुरी) बढ्दै गइरहेकोले जोखिममा सूचना प्रसारणको चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्न क्याप अपरिहार्य रहेको बताएका छन्। यो प्रणालीको विकासले राष्ट्रिय पूर्वसूचना संरचनालाई थप सुदृढ बनाउने र विपद् जोखिमबाट जनजीवन र सम्पतिको सुरक्षालाई प्रभावकारी बनाउने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ