पूर्वीनाकाबाट चिया निर्यातमा गिरावट: प्रथम चौमासिकमा ८३ करोडको कमी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
783
Shares
काठमाडौँ । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक (चार महिना) मा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार, समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो निर्यात ३७ प्रतिशतले कम भएको छ।
गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो। यो चालु आवमा अघिल्लो वर्षको तुलनामा रु ८३ करोड १७ लाख ६२ हजारले कम भएको छ।