arrow

मेस्सीको शानदार प्रदर्शनले इन्टर मियामीले हरायो सिन्सिनाटीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
messi-inter-miami-25-11-24.jpg

काठमाडौँ । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले शानदार प्रदर्शन गरेसँगै अमेरिकी क्लब इन्टर मियामी एफसीले सहज जित हासिल गरेको छ । 

एमएलएस प्लेअफमा इन्टरले एफसी सिन्सिनाटीमाथि ४–० को जित हासिल गरेको हो । 

सोमबार बिहान भएको खेलमा इन्टरलाई जिताउन टाडेओ एलेन्डेले दुई गोल गरे भने मेस्सी र माटेओ सिल्भेट्टीले एक एक गोल गरे । 

मेस्सीले आफूले गोल गर्दा माटेओ सिल्भेट्टीले पास दिएका थिए भने बाँकी तीन गोल हुँदा सबै पास मेस्सीले नै दिएका थिए ।

एमएलएसको सोमबार बिहानै भएको अर्को प्लेअफमा न्यूयोर्क सिटीले फिलाडेल्फिया युनियनलाई १–० ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ