arrow

मेस्सी ‘एथ्लेट अफ दि इअर’ घोषित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
messi-miami-champion.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

गत जुलाईमा अमेरिकाको इन्टर मायमीमा अनुबन्ध भएका मेस्सीकै उत्कृष्ट प्रदर्शनमा सो क्लबले लिग्स कपको उपाधि जितेको थियो । उपाधि क्लबकै इतिहासमा पहिलो थियो । 

उनले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।  

अक्टोबरमा उनले आठौँ पटक बालोन डे’ओर अवार्डसमेत जितेका थिए । मेस्सीकै नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ