arrow

फिफा वर्ष खेलाडीको उपाधि मेस्सीलाई, महिलातर्फ बोनमाटी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
messi-world-cup-kiss-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराति लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेस्सीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो ।

मेस्सी अमेरिकी क्बल इन्टर मियामीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मेस्सीले फ्रेन्च खेलाडी केलियन एम्बाप्पे र नर्वेजियन खेलाडी इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

मेस्सीले यसअघि सन् २०२३ को बेलुन डो’ओर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्डसमेत जितेका हुन् ।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् । उनी स्पेनिश क्लब बार्सिलोनाकी मिडफिल्डर हुन् । 

त्यस्तै इङ्गलिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।   
     



नयाँ