arrow

अजय देवगनले भेटे मेस्सीलाई, वानखेडेमा भव्य स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
ajaya-messi.jpg

काठमाडौँ । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीले आफ्नो 'गोट इन्डिया टुर २०२५' को क्रममा आइतबार मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा भव्य स्वागत पाएका छन्।

मुम्बईमा रहेका बेला बलिउड अभिनेता अजय देवगनले मेस्सीसँगै उनका टोलीका खेलाडीहरू लुइस सुवारेज र रोड्रिगो डे पाउल लाई भेटेका थिए। देवगनले फुटबल स्टारहरूसँग हात मिलाएपछि महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस ले मेस्सीको स्वागत गरेका थिए।

मेस्सीले सो अवसरमा भारतीय फुटबलका दिग्गज सुनिल क्षेत्री र भारतरत्न प्राप्त क्रिकेट आइकन सचिन तेन्दुलकर सँग पनि भेटघाट गरेका थिए। कार्यक्रम सुरु हुनासाथ स्टेडियमभरि 'मेस्सी, मेस्सी' भन्ने नाराहरू गुञ्जियो। चर्चित भारतीय डीजे डी.जे. चेतसले विशेष संगीत प्रस्तुत गरेका थिए।

त्यसपछि ‘इन्डियन स्टार्स’ (जसमा अभिनेता टाइगर श्रफ, निखिल पुजारी र बाला देवी सहभागी थिए) र ‘मित्रा स्टार्स’ (जसमा सुनिल क्षेत्रीसहित राहुल भेके र छिङलेन्साना सिंह कोंशाम सहभागी थिए) बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो।

'गोट इन्डिया टुर २०२५' अन्तर्गत मेस्सीको अन्तिम गन्तव्य दिल्ली रहनेछ, जहाँ उनी आज (सोमबार) पुग्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ