-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । क्लब विश्वकपको उद्घाटन खेलमा अमेरिकाको इन्टर मियामी र इजिप्टको अल–अहलीबीचको रोमाञ्चक भिडन्त बराबरीमा सकिएको छ ।
अमेरिका स्थित हार्ड रक स्टेडियममा आइतबार बिहान भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा मियामीले महत्वपूर्ण जित हासिल गर्ने दुई अवसर गुमाएको थियो ।
मियामीका कप्तान अर्जेन्टाइन सुपर स्टार लिओनल मेस्सीले खेलको ६० औँ र अतिरिक्त समयको ९६औँ मिनेटमा गोल गर्ने अवसर चुकाएका थिए ।
साठी हजार दर्शक क्षमताको रंगशालामा मेस्सीका प्रयास असफिल भएसँगै अल अहली भाग्यमानी सावित भएको हो ।