arrow

सीतालाई चुनरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
chunari-sita-mata-arpan.jpg

जनकपुर । जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा एक सय ११ मिटरको चुनरी चढाइएको छ ।

आइतबार सीताराम गौशाला जनकपुरधामको आयोजनामा एक सय ११ मटिर लामो चुनरी माता सीतालाई अपर्ण गरिएको छ । 

जनकपुरधामको गौशालाबाट लावालस्करसहित निकालिएको र्यालीले जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गर्दै जानकी मन्दिरको गर्भ गृहमा अवस्थित माता सीताको मूर्तिमा सो चुनरी अर्पण गरिएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष रोहित कुमार अग्रवालले जानकारी दिए । 

उनले गत वर्ष एक सय आठ मिटरको चुनरी माता सीतालाई चढाइएकोमा यस वर्ष एक सय ११ मिटरको चुनरी चढाएको बताए । 

उनले नेपालको विकास र शान्तिका लागि माता सीतालाई चुनरी अपर्ण गरेको बताए । उनले आब पश्चात प्रत्येक वर्ष चुनरी चढाउने कार्यक्रम गर्ने जानकारी दिए ।

चुनरी अपर्ण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजन उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जीन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ