विमलेन्द्र निधीको प्रस्तावः अहिले निर्वाचनलाई प्राथमिकता दिउँ, महाधिवेशन वैशाखमा गरौँ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
3.3k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन्।
नेपाल महिला सङ्घले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने बताए।
उनले आगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए। उनले भने, “अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौँ। र त्यसैको तयारीमा हामी सबै लागौँ।”
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ। महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन।