arrow

जलवायु वार्तामा सहमति जुटाउन दबाब: ब्राजिलका राष्ट्रपति बेलेममा, कोप–३० मा विवाद कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
lula-da-silva-brazil-president.jpg

काठमाडौँ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा संयुक्त राष्ट्रसङ्घको जलवायु वार्ता (कोप–३०) मा शीघ्र सम्झौतामा पुग्न वार्ताकारहरूलाई दबाब दिन बुधबार बेलेम आइपुगेका छन्।

कोप–३० आयोजक ब्राजिलले अमेजनियाली शहर बेलेममा सम्मेलन समाप्त हुनुभन्दा दुई दिनअघि बुधबारसम्म राष्ट्रहरूले सबैभन्दा विवादास्पद बुँदाहरूमा सहमति जुटाउने आशा गर्दै मङ्गलबार एक मस्यौदा सम्झौता जारी गरेको थियो। वार्षिक भेलामा राज्य वा सरकार प्रमुखको दुर्लभ अन्तिम चरणको भ्रमणमा राष्ट्रपतिको उपस्थितिका कारण जलवायु वार्तामा सहमति जुटाउन सकिने विश्वासका साथ राष्ट्रपति लुला बेलेम पुगेको देखिन्छ।

ब्राजिलका राष्ट्रपति लुलाले ‘कोप अफ ट्रुथ’ र जलवायु अस्वीकार गर्नेहरूको बिरूद्ध विजय हासिल गर्न सफलताका लागि धेरै राजनीतिक पुँजी लगानी गरेका छन्। लुलाले उदीयमान देशहरू, युरोप, टापु राष्ट्रहरू, आदिवासी समूहहरू र नागरिक समाजका प्रतिनिधिहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। कोप–३० का प्रमुख ब्राजिलियन कूटनीतिज्ञ आन्द्रे कोरिया डो लागोले विश्वका धनी राष्ट्र, विकासशील देशहरू र तेलको धनी राष्ट्रबीचको विभाजनलाई कम गर्ने प्रयासमा चौबीसै घण्टा काम गर्न वार्ताकारहरूलाई दबाब दिइरहेको बताइएको छ। यी असहमतिहरू व्यापार उपायहरूको प्रभाव, जीवाश्म ईन्धनबाट टाढा जाने भाषा, र विकसित देशहरूले गरिब राष्ट्रहरूलाई थप जलवायु वित्त प्रदान गर्ने मागमा केन्द्रित छन्।

फ्रान्सका पारिस्थितिक सङ्क्रमण मन्त्री मोनिक बार्बुटले भने बुधबारसम्म सम्झौता गर्ने ब्राजिलको विश्वास सम्भव नभएको बताएकी छन्। उहाँले युरोपेली सहकर्मीहरूसँगको समन्वय बैठकपछि सम्झौताका लागि अझै केही बैचारिक भिन्नताहरू रहेको र लक्ष्यबाट धेरै टाढा रहेको उल्लेख गर्दै सम्झौता एउटा व्यापक प्याकेज हुनुपर्नेमा जोड दिइन्। यद्यपि उहाँले आफू सहमतिका लागि अघिल्लो दिनभन्दा ‘बढी आशावादी’ भएको बताइन्। मस्यौदाले जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्न ‘रोडम्याप’ को लागि जोड दिइरहेको व्यापक गठबन्धन र तेल उत्पादक देशहरूको नेतृत्वमा रहेको विरोधी समूहबीचको भिन्नता कम गर्न जोड दिएको छ।

ईयू जलवायु आयुक्त वोप्के होक्स्ट्राले जीवाश्म इन्धनको विषयमा फरक शब्द प्रयोग गरिए पनि 'रोडम्याप' को विचार धेरै मन परेको बताए। जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र नवीकरणीय ऊर्जा प्रयोग गर्न थप आर्थिक सहयोग उपलब्ध गराउन विकसित देशहरूको दबाबलाई लिएर वार्ताकारहरू पनि विवादमा छन्। धेरै देशहरू आर्थिक प्रतिकूलता र बढ्दो ऋणको सामना गरिरहेको भन्दै ईयूले ती मागहरूको विरोध गरिरहेको छ। आयरल्याण्डका जलवायु मन्त्री डार्राघ ओब्रायनले 'अनुकूलन वित्तमा कुनै वृद्धि हेरिरहेको नभएको' स्पष्ट पारे।

बुधबार नयाँ प्रस्ताव प्रकाशित हुँदैछ। तालिका अनुसार कोप–३० शुक्रबार समाप्त हुनुपर्ने भए पनि जलवायु शिखर सम्मेलनहरू धेरैजसो तालिकाभन्दा बढी समय चल्नेगरेको अनुभव रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ