arrow

ब्राजिलका राष्ट्रपतिद्वारा दण्डात्मक कर हटाउन ट्रम्पसँग आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
lula-da-silva-brazil-president.jpg

काठमाडौँ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गरी ब्राजिली सामानमा लगाइएको दण्डात्मक करवृद्धि हटाउन आग्रह गरेका छन्।

महिनादेखि जारी रहेको कूटनीतिक तिक्तता (दुश्मनी) पछि दुई नेताहरूबीच यो पहिलो औपचारिक वार्ता भएको हो।

ब्राजिली राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यअनुसार दुई नेताबीचको कुराकानी मित्रवत शैलीमा सम्पन्न भएको थियो।

वार्तामा राष्ट्रपति लुलाले आफ्नो देशका सामानमा लगाइएको कर हटाउनुका साथै ब्राजिली अधिकारीमाथि लगाइएको प्रतिबन्ध पनि हटाउन अनुरोध गरेको वक्तव्यमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ