arrow

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई उपचारका लागि नजरबन्दबाट छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
brazil-flag.jpg

ब्रासिलिया। ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सर्वोच्च अदालतले स्वास्थ्य उपचारका लागि शनिबार नजरबन्दको अवस्थाबाट अस्थायी रूपमा मुक्त गरिदिएको छ। उनलाई 'कू' को षड्यन्त्र रचेको अभियोगमा अदालतले केही हप्तापछि फैसला सुनाउने तयारी गरिरहेको छ।

सन् २०२२ को निर्वाचनमा पराजित भएपछि सत्ता कब्जा गर्ने प्रयास गरेको आरोपमा बोल्सोनारोमाथि मुद्दा चलाइएको थियो। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको अवस्थामा पनि उनले त्यो नियम तोडेको भन्दै अगस्टको सुरुदेखि नजरबन्दमा राखिएको थियो।

बोल्सोनारोका वकिलले सन् २०१८ मा भएको छुरा प्रहारबाट उत्पन्न 'ग्यास्ट्रोइन्टेस्टाइनल' समस्याको उपचारका लागि अस्पताल जान अनुमति दिन आग्रह गरेका थिए। अदालतले उनको पुरानो 'रिफ्लक्स' र अन्य स्वास्थ्य समस्याहरूको परीक्षण गर्न आठ घण्टाको लागि अस्पतालमा बस्न स्वीकृति दिएको हो।

अस्पतालमा बोल्सोनारोलाई ब्राजिल, इजरायल र अमेरिकी झण्डा बोकेका करिब २० जना समर्थकले स्वागत गरेका थिए। उनले पत्रकारसँग भने कुनै कुरा गरेनन्।

बोल्सोनारोमाथि सेप्टेम्बर २ मा 'कू' को अभियोगमा फैसला हुनेछ। यदि उनी दोषी ठहरिएमा ४० वर्षसम्मको जेल सजाय हुन सक्छ। उनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।

यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारोमाथि 'राजनीतिबाट प्रेरित उत्पीडन' भएको भन्दै उनको समर्थनमा ब्राजिलका धेरै आयातमा ५० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ