arrow

ब्रजिलमा अमेरिकी शुल्कवृद्धि हुँदाहुँदै बेरोजगारीको सङ्ख्यामा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
brazil-flag.jpg

ब्रासिलिया । संयुक्त राज्य अमेरिकाले यसको सामानमा लगाएको भन्सार शुल्कको बाबजुत ब्रजिलको बेरोजगारी दरमा ऐतिहासिक रूपमा गिरावट जारी रहेको शुक्रबारको सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।

यो तथ्याङ्क अगस्टदेखि अक्टोबरसम्मको त्रैमासिक अवधिको हो । काम खोज्ने श्रमशक्तिको हिस्सा यस अवधिमा ५.४ प्रतिशतमा झरेको छ, जुन ब्रजिलको तथ्याङ्क सङ्कलन र लेखाजोखा राख्ने निकाय (आईबीजीई) स्थापना भएको सन् २०१२ पछिको हालको गणना विधि लागू भएयताकै सबैभन्दा कम हो ।

सन् २०२४ को सोही अवधिमा बेरोजगारी दर ६.२ प्रतिशत थियो । यद्यपि अनौपचारिक क्षेत्रमा रोजगारी गर्ने कार्यबलको हिस्सा ३७.८ प्रतिशतसहित उच्च अवस्थामा कायम रहेको छ।

बेरोजगारीमा आएको यो निरन्तर गिरावट वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका लागि राम्रो खबर हो।

उहाँको सरकारले संयुक्त राज्य अमेरिकामा निर्यात गरिने धेरै ब्रजिलियाली उत्पादनहरूमा लगाइएको ४० प्रतिशत भन्सार शुल्कले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा पार्ने प्रभावलाई कम गर्ने प्रयास गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रजिलमाथि अगस्टमा दण्डात्मक भन्सार शुल्क लगाएका थिए । यो शुल्क उहाँको अति–दक्षिणपन्थी सहयोगी जैर बोल्सोनारोको मुद्दालाई लिएर लगाइएको आरोप अमेरिकामाथि ब्रजिलले लगाउँदै आएको छ । बोल्सोनारोले सन् २०२२ को चुनावपछि लुलालाई सत्ता सम्हाल्नबाट रोक्ने प्रयास गरेकोमा २७ वर्षको जेल सजाय भोगिरहेका छन् ।  

यसै महिनाको शुरूमा,देशहरूबीचको कूटनीतिक तनावमा कमी आएपछि वाशिङ्टनले गाईको मासु र कफीलाईजस्ता केही कृषि वस्तुहरूलाई भन्सार शुल्कबाट मुक्त गरेको थियो। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ