त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुशी छुः कुलमान घिसिङ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
875
Shares
काठमाडौँ। शहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट स्टेडियमलाई फ्लड लाइट जडान गरी उज्यालो बनाउन पाउँदा आफूलाई धेरै खुशी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा फ्लड लाइटमा शुरु हुँदैछ, जसका लागि शहरी विकास मन्त्रालयले पहिलो चरणको निर्माण सम्पन्नपछि आइतबार नेपाल क्रिकेट संघ (क्यान) लाई स्टेडियम हस्तान्तरण गरेको हो।
मन्त्री घिसिङले एनपीएल आयोजना शुरु हुनुअगावै काम सम्पन्न गर्न दुई महिनाअगाडि नै आफू निरीक्षणमा आएको उल्लेख गर्दै यो पहिलो चरणको निर्माण समयमै सम्पन्न भएको जनाएका छन्। साथै, उहाँले वर्तमान सरकारले दोस्रो चरणमा त्रिवि मैदानको निर्माणका लागि टेन्डर आह्वान भइसकेको र २/३ वर्षभित्र रङ्गशालाले पूर्णता पाउने आशा व्यक्त गरेका छन्। उहाँले टी-२० विश्वकपका लागि नेपाली टोलीको तयारीमा सहयोग गर्ने तथा नेपालमा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने माध्यम सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।