arrow

त्रिवि क्रिकेट मैदान नभत्काइने: सरकार र विश्वविद्यालयबीच नयाँ 'लिज' सम्झौता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
sasmit-pokhrel-11-01.jpg

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान नभत्काइने स्पष्ट पारेको छ। सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त मैदान खाली गर्ने वा भत्काउने कुनै योजना नरहेको जानकारी दिएका हुन्।

विश्वविद्यालय र खेलमैदान दुवै राज्यकै लगानी र निकाय भएको उल्लेख गर्दै मन्त्री पोखरेलले त्रिविसँग नयाँ 'लिज' सम्झौता गरेर अघि बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, "राज्यको यत्रो लगानी भइसकेको छ, दुवै सरकारी निकाय हुन्। त्यसैले मैदान भत्किने भन्ने प्रश्नै उठ्दैन।"

त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पत्र पठाएपछि खेलप्रेमी र सरोकारवालाहरूमाझ चिन्ता बढेको थियो। तर सरकारको पछिल्लो स्पष्टीकरणले यो विवादलाई सकारात्मक तवरले सुल्झाउने सङ्केत दिएको छ। अब नयाँ सम्झौतामार्फत मैदानको कानुनी र व्यवस्थापकीय पक्षलाई व्यवस्थित बनाउँदै खेल गतिविधि जारी राख्ने तयारी सरकारको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ