कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सानेपामा: महाधिवेशनको मितिमा पुस र वैशाखको 'टक्कर'
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
987
Shares
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा पुनः शुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्यसमितिको बैठकलाई निरन्तरता दिने निर्णय गरेको हो।
आजको बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका मुख्य छलफलको विषय बन्नेछ। बैठकमा संस्थापन र इतर दुवै पक्षले आ–आफ्नो धारणाका रूपमा महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेका छन्।
महामन्त्री गगन थापाले इतर पक्षको तर्फबाट धारणा राख्दै पुस मसान्त का लागि महाधिवेशन प्रस्ताव गर्नेछन्। यता, संस्थापन पक्षले पनि आफ्नो धारणाको रूपमा वैशाख महिना मा महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेको छ। दुवै पक्षले कार्यतालिका र औचित्यसहित धारणा राखेपछि यस विषयमा बैठकमा थप छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।