arrow

माओवादीले एससहितको संयुक्त बैठक कात्तिक २० गते बोलायो, जनार्दनद्वारा बहिष्कार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
agni-sap.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्ने प्रक्रियालाई अगाडि बढाउँदै कात्तिक २० गते संयुक्त बैठक बोलाउने निर्णय गरेको छ। आज (आइतबार) पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसहित एकतामा आउन चाहने अन्य दलहरूको बैठक २० गते बस्ने निर्णय गरेको हो।

यसअघि, पार्टीको केन्द्रीय कमिटी बैठक भने कात्तिक १८ गते (मङ्गलबार) बस्ने निर्णय गरिएको पार्टीका नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो। आजको सचिवालय बैठकमा पार्टी एकता गरिसकेपछि निर्वाचन आयोगमा नयाँ दल दर्ता कसरी गर्ने, समायोजनका विषय र नीतिगत तथा वैचारिक विषयहरूमा केन्द्रित रहेर छलफल भएको माओवादी केन्द्रले जनाएको छ।

बैठक सचिवालयका सदस्य जनार्दन शर्माले बहिष्कार गरेका थिए। शर्माले शनिबारको बैठकमा संयोजक पुष्पकमल दाहालले नेतृत्वमा आफ्नो निरन्तरताका लागि एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा राखेका थिए। उनी आजको बैठकमा भने उपस्थित भएनन्।

पार्टी प्रवक्ता सापकोटाले जनार्दन शर्मालाई पार्टीले ‘अराजक गतिविधिमा संलग्न भएको’ निष्कर्ष निकालेको बताए। सापकोटाले भने, “हिजो सबैले बस्नुस् भन्दा उहाँ हिँड्नुभयो। र हामीले हिजै भनिसकेको छौँ कि त्यो राम्रो भएन। त्यो अलि अराजक तौरतरिका भयो।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ