arrow

प्रचण्डको दाबी - माओवादीमा सबै एकजुट छन्, अब जनार्दन पनि एकजुट हुन्छन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
prachanda-15-07.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सबै एकजुट भएको र कसैको विमति नरहेको दाबी गरेका छन् ।

नेता जनार्दन शर्माले शुरूमा केही विषयवस्तु राखेको र सबै बसेर छलफल गरौँ भन्दा उठेर हिंडेको प्रचण्डले बताए । केन्द्रीय समिति बैठकसम्म जनार्दन पनि एक हुने प्रचण्डले विश्वास व्यक्त गरे ।

प्रचण्डले भने, ‘पार्टीमा सबै एकतावद्ध छन्, केन्द्रीय समिति बैठकबाट जनार्दनजी पनि एक हुनुहुन्छ भन्ने पूरा विश्वास छ ।’

अगाडि आफ्नो कुरा राख्ने अनि अरुका कुरा सुन्दै नसुनी हिंड्ने जनार्दनको स्वभाव कसैलाई मन नपर्ने प्रचण्डले बताए ।

माओवादीले विचार छोडेको र महाधिवेशन सार्ने रणनीति अनुरुप पार्टी एकता भनिएको भन्ने शर्माको अभिव्यक्ति घातक रहेको प्रचण्डले आरोप लगाए । 

माओवादीले छ ओटा पार्टीसँग एकता गर्ने 

माओवादीले नेकपा एकीकृत समाजवादीसहित छ वटा पार्टीहरूसँग एकताको प्रक्रिया चाँडै गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । 

शनिबार बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको उनले बताए । 

पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो आजको बैठकको एजेण्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरु करिव टुङ्गे लगाइसकेको छौँ । आज खासगरी प्राविधिक र सांगठनिक विषयमा छलफल केन्द्रित भएको छ । छलफल र पार्टी एकतामा आउने सम्भावनामा एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग भएको छ र भर्खरै नेकपाबाट विद्रोह भएको चिरण सीसँग पनि कुराकानी भइरहेको छ ।’ 

उनले नेकपा समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सँगै ल्याउने प्रयास गरेको बताए ।

उनले भने, ‘हामीले विप्लव सीको पार्टीलाई सँगै ल्याउने प्रयत्न गरेको हो, यता एकीकृत समाजवादी पार्टीलाई सोलेडोले ल्याउन प्रयत्न गरेको कुनै कसुर राखेको छैन । उहाँहरूको आफ्नो निर्णय निर्णायक हुन्छ । हाम्रो प्रयत्नले पुगेन ।’

उनले अब एकता गर्न ढिलो गर्न नहुने भन्दै ढिलो भए राष्ट्रिय राजनीतिमा पहल कदमी कमजोर हुने बताए ।  

‘हामी आज के निश्कर्षमा पुग्यौँ भने अब एकता गर्न ढिलो गर्नु हुँदैन । एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहल कदमी कमजोर हुन्छ’, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ