arrow

वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प छैन: बाबुराम भट्टराई [भिडियो]

तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
baburam-07-14.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला भट्टराईले यस्तो धारणा राखेका हुन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिए। उनले यही संविधानमा टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए।

"अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ। कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अध्यारो सुरुङमा देश फस्छ," उनले भने, "त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ, यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं, तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ।"

भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरूले अघि बढ्दा नै उपयुक्त हुने समेत बताए। उनले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरूलाई बलियो बनाएर अघि बढ्न उपयुक्त हुने स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ